आज: २०८३ आश्विन ३, शनिबार | Sat, 19, Sep, 2026

कांग्रेसको आजदेखी हुने वडा अधिवेशनमा सक्रिय सहभागीताको लागी पार्टीका सबै तहलाई आग्रह

२०८३ आश्विन ३, शनिबार मा प्रकाशित ( १ मिनेट अघि) ३२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ -३ असोज ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले आज असोज ३ र ४ मा सम्पन्न हुन गैइरहेको वडा तहको अधिवेशनमा पार्टीका क्रियाशील सदस्यहरुलाई उत्साहपूर्वक सहभागी हुन नेता, कार्यकर्तालाई आग्रह गरिएको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिमा बसेको बैठकको निर्णय अनुसार असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने १५औँ केन्द्रीय महाधिवेशनको लागी देशभरका प्रत्येक जिल्ला,पालिका तथा नगरपालिकाका वडा तहको निर्वाचन आज असोज ३ र ४ गतेदेखि सुरु हुँदैछ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिले सुक्रबार साँझ एक विज्ञप्ति जारी गरी देशभरका वडा तहको निर्वाचन सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृतहरु केन्द्रबाट खटिएर कार्यप्रारम्भ गरिसकेको बताए।

जिल्ला निर्वाचन अधिकृतले जिल्ला तह तथा वडा तहका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचन सम्बन्धी छलफललाई ब्यापक पार्नुका साथै वडा तहमा मतदान अधिकृत खटाउने लगायतका कार्य सम्पन्न गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

त्यसैगरी,समितिले काँग्रेसको १५औँ केन्द्रीय महाधिवेशन भड्काउन कुनै पनि अफवाह र भ्रामक कुरामा नलागी आजदेखी हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी भई निर्वाचन प्रक्रियामा भाग लिन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई हार्दिकतापुर्वक अनुरोध गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस