आज: २०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

कोशी, बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना

२०८३ आश्विन ४, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) १५६ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ ४ असोज ।

हालसम्म देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव छ। आज हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहने र केही स्थानमा चट्याङसहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको जनाएको छ। साथै तराईका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

यसैगरी,आज राति कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका हिमाली तथा पहाडी भू-भागमा वर्षासँगै चट्याङको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस