आज: २०८३ आश्विन ४, आईतबार | Sun, 20, Sep, 2026

३६ जिल्लाका १२१ जनामा देखिएको जापानी इन्सेफलाइटिसबाट २६ को मृत्यु

२०८३ आश्विन ४, आईतबार मा प्रकाशित ( ५९ मिनेट अघि) ६३ पटक पढिएको
नारी बाटिका


नारी वाटीका डट्कम
धादि ४ असोज ।

केही समय अघिदेखी देशका ३६ जिल्लामा फैलिएको जापानी इन्सेफलाइटिस (जेई)रोगबाट हालसम्म मृत्यु हुनेको संख्या २६ पुगेको छ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशका ३६ जिल्लामा फैलिएको जापानी इन्सेफलाइटिसबाट १२१ जनामा मा मात्रै पुष्टि भएको यस रोगको सङ्क्रमणले हालसम्म २६ जनाको ज्यान लिएको हो।

तर जेईको लक्षण भने हालसम्म एक हजार २२६ जनामा देखिएको महाशाखाले जनाएको छ। तिबगतिमा फैलिने यस रोगका ५६ जना सङ्क्रमितहरूको विभिन्न अस्पतालमा उपचार गरिरहेका छन्।

महाशाखाका अनुसार सङ्क्रमितहरूमध्ये ८५ प्रतिशत तथा मृत्यु भएका शतप्रतिशत व्यक्तिहरू यस रोग विरुद्धको खोप नलगाएको पाइएको जनाएको छ। मृत्यु हुनेहरूमा ७७ प्रतिशत ५० वर्षभन्दा माथिका उमेर समूहका रहेका छन् ।

यससंगै जेईको सक्रमणले ज्यान गुमाउनेहरुमध्उ धेरै कोशी प्रदेशका रहेको जनाएको छ

विशेषगरी झिँगा, लामखुट्टेको टोकाइबाट यस रोगको सक्रमण हुने भएकोले यसबाट बच्न, घरवरपर सरसफाइ राख्न र खोप लगाउन सर्वसाधारणलाई स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस