
बिबियु, नारी वाटीका डट्कम
धादिङ – ५ असोज ।
प्रधानमन्त्री बालेन्द्र शाहले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र पार्टी उपसभापति विश्वप्रकाश शर्मा संग पहिालो पटक भलाकुसारी गरेका छन्।
शोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काँग्रेस संसदीय दलका नेता आङ्देम्बे र पार्टी उपसभापति शर्मासँग भेटेर भलाकुसारी गरेका हुन्।
भोली (असोज ६ गते ) संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्न जाने कार्य सुचि अनुसार प्रमुख प्रतिपक्षीय दलसंग परामर्शका लागि नेता तथा पार्टी पदाधिकारीलाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले जानकारी दिइन्।
भेट्का क्रममा कांग्रेस उपसभापति शर्माले प्रधानमन्त्रीले नेपालको वास्तविक अवस्था र तथ्यलाई विश्वमञ्चमा स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने सुझाव दिनु भएको बताइएको छ ।
काँग्रेस उपसभापति शर्माले प्रधानमन्त्रीले सम्पूर्ण नेपालीको ऐक्यबद्धतालाई समेत प्रतिनिधित्व गर्नुपर्ने सुझाव दिनु भएको थियो । प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार अमेरिकातर्फ प्रस्थान गर्दै छन्।












प्रतिक्रिया दिनुहोस