आज: २०८३ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2026

फुर्केखोला पुल तत्काल निर्माण गर्न उद्योग वाणिज्य संघद्वारा सरकारलाई ज्ञापनपत्र

२०८३ आश्विन ६, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) २८० पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटीका डट्कम
धादिङ- ६ असोज ।
भदौ १० को भोटेकोशी हुंदै त्रिशुली नदीमा आएको बिनाशकारी बाढीले धादिङवेशी जोड्ने मलेखु फुर्केखोला पुल बाढीले बगाएको आज २७ दिन बितिसक्दा पनि फुर्केखोलामा पुल निर्माण हुने कुनै छाँटकाँट नदेखिएपछी धादिङ उद्योग वाणिज्य संघले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

उक्त बिनाशकारी बाढीले रसुवा,नुवाकोट ,धादिङमा निकै जनधनको क्षति पुर्याएको छ । तर लाइफ लाइनमा रहेको फुर्केखोलाको पुल बगाएपछी अहिले धादिङका नागरिकलाई आवागमनमा निकै समस्या परेको छ ।

यसका साथै त्रिशुलीको बिनाशकारी ढीबाट पुगेको अरबौंको क्षतिप्रति संघले नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै मंगलबार जिल्ला प्रशासन कार्यालय, धादिङका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाइएको हो ।

धादिङ उद्योग वाणिँज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा मलेखु फुर्केखोलामा पुल निर्माण,चाडपर्व नजिकैँ गर्दा व्यपार व्यवशाय संन्चालनलाई सहज वातावरण तयार गर्न,चाडपर्वका समयमा हुन सक्ने कालोबजारी रोक्न,फिुर्केखोला जस्र्त जिल्लाभित्रका अन्य स्थानका पनि बाढीले क्षति पुर्याएका सबै पुल,सडकहरुलाई तत्काल मर्मत सुधारका कार्य अघि बढाई नागरिकलाई आवागमनमा सहज बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।

यसैगरी,ज्ञापनपत्रमा धादिङको भौगोलिक बनावट — भिरालो पहाडी क्षेत्र, नदी किनारमा रहेको बसोबास र काठमाडौं–पोखरालाई जोड्ने रणनीतिक महत्वमा रहेको पृथ्वी राजमार्गको निर्भरता — लाई जोड दिइएको छ । साथै बाढी प्रभावित जिल्लाका नागरिकहरुलाई विशेष गरी बढी पिडा पुर्याएको उल्लेख गरिएको छ।

यससंगै बाढी पहिरोका कारण पृथ्वी राजमार्गका धेरै खण्डमा आवतजावत अवरुद्ध भएको हुँदा दैनिक अत्यावश्यक वस्तुको आपूर्ति समेत गर्न नसकिएको बताइएको छ।

धादिङबेँसीलाई पृथ्वी राजमार्गसँग जोड्ने प्रमुख पुल पनि बाढीले क्षतिग्रस्त पारेकाले जिल्लाको मध्य र उत्तरी भाग नै मुख्य सडक सञ्जालबाट विच्छेद हुन पुगेकोले यसका कारण धादिङबासीका जनजिवन नै अस्तबेस्त बनाएको उल्लेख गरिएको छ।

वाणिँज्य संघले यी समस्या समाधानका लागी विस्तृत तथा वैज्ञानिक क्षति आकलन तत्काल गराउन धादिङका प्रमुख जिल्ला अधिाकारी लक्ष्मी पाण्डे मार्फत नेपाल सरकारलेसमक्ष जोडदार अनुरोधका साथ विस्तृत खुलाई ज्ञापन पत्र पेश गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस