आज: २०८३ आश्विन ८, बिहिबार | Thu, 24, Sep, 2026

सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्यको तयारीमा सुदूरपश्चिम

२०८३ आश्विन ८, बिहिबार मा प्रकाशित ( २ घण्टा अघि) ४०४ पटक पढिएको
नारी बाटिका


महेन्द्रनगर -८ असोज ।
मौसमविद्का अनुसार सुक्रबार देखि असोज ११ तीन दिनसम्म देशका विभिन्न भु-भागमा भारीदेखि अति भारीसम्मको वर्षा हुने पूर्वानुमान गरिएसंगै सुदूरपश्चिम प्रदेशमा पुर्व तयारीका साथ सजकता अपनाइएको छ ।

असोज ९ देखी ११ गतेसम्म देशका विभिन्न भागमा अति भारी वर्षा हुन सक्ने पुर्व जानकारी दिएकाले सम्भावित क्षेत्रमा विपद् प्रतिकार्यका लागि सम्वन्धित संयन्त्रहरुलाई पुर्व तयारी अवस्थामा राखिएको हो।

वर्षा हुन सक्ने तथा सम्भावित जोखिम युक्त पुर्वानुमान गरिएको जिल्ला बझाङ, बाजुरा, दार्चुला र अछाममा उच्च सर्तकता अप्नाउन ‘एलर्ट’ जारी गरिएको जल तथा मौसम विज्ञान कार्यालय अत्तरीया, कैलालीले जनाएको छ। “चुरे क्षेत्रमा थप वर्षा हुने सम्भावना भएकाले यी दुई जिल्लालाई पनि उच्च जोखिममा राखेर एर्लट गरिएको हो।”

यस्तै,भारीदेखी अति भारी वर्षाको सम्भावना रहेको सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुका स्थानीय प्रशासनका साथै सुदूरपश्चिमका सुरक्षा संयन्त्रहरुले पनि सम्भावित विपत्बाट कुनै क्षति नहोस् भन्ने मुल सतर्कता अपनाउदै विपद् प्रतिकार्य पुर्व तयारी योजनालाई तिव्र पारिएको जनाएका छन्।

पुर्व तयारीका साथ मौसम पूर्वानुमान महाशाखाबाट आएको खबर अनुसार सशस्त्र प्रहरी बलले विपद् प्रतिकार्य सुरक्षालाई तयारी अबस्थामा राखेको जनाइएको छ।

बङ्गाल खाडीको मध्य भू–भाग आसपासमा रहेको न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै गएको र त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावनालाई मध्यनजर गरी थप सतर्कता अपनाउन पुर्व सुचना दिइएको हो। हाल समयमा पनि साना ठुला वर्षा भएकाले जमिन भिजेर गलेको अवस्था छ ।

त्यसमाथी पनि आगमी असाज ११ सम्म देशका केही स्थानमा भारीदेखी अति भारी वर्षा हुने संकेत देखिएकोले यसबाट बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सुरक्षा समितिहरुले प्रतिकार्य तयारी गरेका छन्।

यसका लागी नेपाली सेना, सशस्त्र प्रहरी बल लगायतका सुरक्षा समेन्त्रहरुले सुदूरपश्चिम प्रदेशलगायत सम्भावित क्षेत्रमा विपद् प्रतिकार्य तयारी गरिएको जानकारी प्राप्त भएको छ।

साथै आगमी तिन दिन अति भारी वर्षाको पुर्वानुमान गरिएको सुदूरपश्चिम प्रदेशको पृतनामा हेलिकप्टर तयारी अवस्थामा राखेको नेपाली सेनाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस