आज: २०८३ आश्विन ८, बिहिबार | Thu, 24, Sep, 2026

कांग्रेसको बाँकी २४१ पालिकामा आज र भोली अधिवेशन हुंदै

२०८३ आश्विन ८, बिहिबार मा प्रकाशित ( ३१ मिनेट अघि) ९४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ -८ असोज ।
नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन अन्तर्गत हाल देशैभरका पालिका अधिवेशनको चटारो चलिरहेको छ।

पुर्व निर्धारित कार्य तालिका अनुसार असोज ७ गतेसम्म ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशनको उद्घाटन तथा निर्वाचन प्रक्रिया चलिरहेको छ । बाँकी २४१ पालिकामा असोज ८ र ९ गते सम्पन्न गर्ने कार्य तालिका अनुसार आज र भोली हुन गैइरहेको छ ।

केही वडादेखी नै देउवा समुहले यस अधिवेशनमा भाग लिएका छैनन् । पार्टीको निति,विधि र पद्धति अनुसार अनिवार्य रुपमा तोकिएको समयमा सम्पन्न गर्नै पर्ने यस अधिवेशनको प्रक्रियामा देशैभर कृयाशील सदस्यहरु,नेता तथा कार्यकर्ताले उत्साहजनक रूपमा सहभागी भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवाले जानकारी दिए।

तर आज (असोज ८ देखि १२ गतेसम्म ) देशैभर भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानलाई मध्यनजर गरी सम्बन्धित निर्वाचन अधिकृतलाई अधिवेशन सञ्चालन गर्दा मौसमको अवस्था हेरेर मात्रै कार्यक्रमको प्रकृया अघि बढाउन केन्द्रीय निर्वाचन समितिले निर्देशन दिइएको छ।

यसका साथै,नगर तथा गाउँपालिका, प्रदेश सभा र प्रतिनिधिसभा अधिवेशन सम्पन्न गर्न मौसम सम्वन्धि पुर्वानुमान सुचनाप्रति सचेत रही अनुकूल समय मिलाएर निर्वाचन प्रक्रिया अघि बढाउन भनिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस