
बिबियु,नारी वाटीका डट्कम
धादिङ -९ असोज ।
धादिङको पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा गएराति ढुङ्गा सहितको पहिरो खर्सेर सडक अवरुद्ध भएको छ। लगातार भैइरहेको वर्षासँगै उक्त क्षेत्रमा माथिबाट ठूला ढुङ्गासहितको पहिरो तथा केही दिनअघि मात्रै नदीले कटान गरिहएको स्थानमा ग्याबिन गरिएको पर्खालसहित भासिएपछी सडक अवरुद्ध भएको हो ।
अविरल वर्षाका कारण पृथ्वीराजमार्ग कै उता पोखरा–मुग्लिन क्षेत्रको सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा सडक सुचारुमा जोखिमपूर्ण अवस्था बनेको छ। यस्तै, मौरीबास, दमौली बजार नजिकैको मादीपुल छेउ, घाँसीकुवा, मुसेखोला, छिर्कने, विमलनगर, चिसापानी, सानो डुम्रे तथा ऐनापहरा लगायतका क्षेत्रमा पहिरो खसेको प्रहरीले जनाएको छ।
यसैगरी,यता धादिङको पृथ्वीराजमार्ग कृष्णभिरमा केही दिनअघि मात्रै निर्माण तथा मर्मत गरी संन्चालनमा आएको सडक गएराति ठुलो ढुंगासहितको पहिरो खसेपछी पृथ्वीराजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक सुरज कार्कीले जानकारी दिनु भयो ।
प्रहरीका अनुसार वर्षा निरन्तर भइरहेकाले केही बेरअघि पृथ्वीराजमार्ग कै गजुरी गाउँपालिकाको बांङ्गे भन्ने स्थानमा पहिरो खस्ने क्रम जारी छ।
पहिरोका कारण कतिपय स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने केही ठाउँमा एकतर्फी रूपमा मात्र सवारी साधन सञ्चालन भइरहेका छन्। वर्षाले तनहुँबाट मुग्लिन हुँदै काठमाडौँ र भरतपुरतर्फ जाने सडकसमेत प्रभावित भएको बताइएको छ।
वर्षाका कारण हुने जोखिमलाई मध्यनजर गर्दै सबै जसो जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा समेन्त्रहरुले अत्यावश्यक बाहेक यात्रु तथा चालकलाई यात्रामा निस्कनुअघि सडकको अवस्था बुझ्न र सम्भव भएसम्म यात्रा नगर्न आग्रह गरेका छन्।
जल तथा मौसम विज्ञान विभागले असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको पूर्वानुमानका साथ पटक पटक सुचना जारी गर्दै नदी, खोला तटीय क्षेत्र र पहिरोको जोखिममा रहेका सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।
बिहिबार जिल्ला प्रशासन कार्यालय धादिङले गएराति ८ बजेदेखि आज बिहान ५ बजेसम्मका लागि सवारी सञ्चालनमा रोक लगाएका कारण यातायात सञ्चालन गर्न रोक लगाएको थियो । जसका कारण गएराति कृष्णभिरमा गएको जोखिमपुर्ण पहिरोले कुनै क्षति भने पाएन ।
दुई दिनदेखीको निरनतरको वर्षाले अन्य ठाउँका सडकहरुमा समेत क्षति पुर्याएको अवस्था छ । मौसमविद्हरुले गरिएका पुर्वानुमान अनुसार अझै भारी वर्षा हुन सक्ने सम्भावना पनि जारी रहेकाले यात्रु तथा चालकहरूलाई सावधानी अपनाउन सम्वन्धित निकायले सुझाव दिएको छ ।
यस्तै,जल तथा मौसम विज्ञान विभागले अध्यावधि गरेको सुचनाको अनुसार प्रकाशित समचार,पत्र पत्रिकाबाट जानकारी लिन पनि अनुरोध छ । साथै जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा समेन्त्रद्वारा जारी गरेका सूचना तथा आग्रहको पालना गर्न पनि सुचित गरिन्छ।












प्रतिक्रिया दिनुहोस