आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

हिम्लुङ हिमालमा हिमपहिरोदखसेपछी एक दर्जन आरोही बेपत्ताको आशंका

२०८३ आश्विन १२, सोमबार मा प्रकाशित ( ४७ मिनेट अघि) ४३५ पटक पढिएको
नारी बाटिका


नारी वाटीका डट्कम
मनाङ- १२ असोज ।

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबारको हिमपहिरो खसेपछी हिमपहिरोमा परी मानवीय क्षति भएको आशंका गरिएको छ। यस्तै मुगुमा पनि नौजना सम्पर्क विहीन भएको खबर छ ।

सशस्त्र प्रहरी बलका अनुसार हिमाल आरोहणमा गएका २२ जनामध्ये एक दर्जन आरोहीहरु सम्पर्कविहीन भएको आशंका गरिएको हो। आरोहण टोलीमा ९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ रहेको बताइएको छ ।

आईतबार साँझसम्म उनीहरूको अवस्था अज्ञात रहेको बताइएको छ । बेपत्ताको खोज तथा उद्धारका लागि काठमाडौंँबाट घटनास्थलमा हेलिकप्टर मनाङ तर्फ पठाइ सकिएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार हिम्लुङ हिमालमा भिषण हिमपहिरोपछी कति मानवीय तथा भौतिक क्षति भयो भएन भन्नेमा यकिन हुन बाँकी रहेकोले उद्धार टोली घटनास्थलतर्फ पुगेर खोज तलासपछी विस्तृत विवरण आउने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑