आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

कांग्रेस धादिङको १५औं महाधिवेशन उद्घाटन सम्पन्न,आज ८ बजेबाट मतदान हुंदै

२०८३ आश्विन १३, मंगलबार मा प्रकाशित ( १५ मिनेट अघि) २८० पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङैं -१३ असोज ।

नेपाली कांग्रेस धादिङको १५ औं महाधिवेशन उद्घाटन सत्र सम्पन्न सम्पन्न भएको छ । यसै असोज ३ गतेदेखी सुरु भएको वडा अधिवेशन जिल्लाभरमा सर्वसम्मत चयन भएर क्षेत्रीय प्रतिनिधिहरु आएपछी क्षेत्रबाट केन्द्रीय महाधिवेशनमा भाग लिन जाने प्रतिनिधिहरुको लागी आज विहान ८ बजेबाट मतदानको कार्यक्रम रहेको छ ।

यसैगरी,नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट पालिका तथा नगरपालिकाको पनि अधिवेशन सम्पन्न भई जिल्लाका सबै पालिकाबाट सभापति लगायतका कार्यसमितिहरु पनि निर्विरोध निर्वाचित भएका छन् ।

धादिङ जिल्लाकै सबैभन्दा बढी जनसंख्या भएको निलकण्ठ नगरपालिकामा सोही नगरपालिका १२ नं.वडाका वडाध्यक्ष धर्मराज भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । साथै भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सबै निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेसको १५औं महाधिवेशनबाट क्षेत्रिय कार्यसमिति,प्रदेशसभा कार्यसमिति,प्रतिनिधिसभा कार्यसमिति लगायतमा नयाँ नेतृत्वका लागि मंगलबार बिहान ८ बजेबाट मतदान प्रकृया हुंदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑