आज: २०८३ आश्विन १३, मंगलबार | Tue, 29, Sep, 2026

कांग्रेसको केन्द्रीय महाधिवेशनको कार्यतालिका सार्ने तयारी

२०८३ आश्विन १३, मंगलबार मा प्रकाशित ( ४४ मिनेट अघि) १  पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम

धादिङ -१३ असोज।

नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशनको कार्यतालिका अनुसारको कार्यक्रम केही दिन सर्ने भएको छ।

हालको लगातारको वर्षाका कारण तालिका अनुसार स्थानीय तथा जिल्ला र प्रदेश तहका अधिवेसन समयमा नसकिएपछि नेपाली कांग्रेस केन्द्रको १५ औं महाधिवेसनको मिति सर्ने भएको हो ।

पुर्व निर्धारीत कार्य तालिका अनुसार यहि असोज १६ देखि १९ गते सम्म काठमाडौंमा सम्पन्न गर्न लागिएको १५औँ महाधिवेशनको समय तालिका सर्ने भएको हो । असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण १० गतेलाई तोकिएका क्षेत्रिय अधिवेसनहरु प्रभावित बनेकाले उक्त कार्यक्रमहरु आजसम्म जसरी पनि सक्ने गरी समय थप गरिएको हो।

जल तथा विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाले दिएको पुर्व सुचना अनुसार कै देशका विभिन्न स्थानमा असोज ८देखी १२ गतेसम्म परेको अबिरल वर्षाले बाढी पहिरोले गर्दा सडक र पुलहरू पहिरोले क्षति पुर्याएर मतदाताहरुलाई आवागमनमा समस्या रहेकाले काँग्रेसको केन्द्रिय महाधिवेसनलाई केही दिन पर सार्ने तयारी गरिएको हो।

यसका लागी आज नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिसहितको बैठक बसी महाधिवेशन सार्ने बारे निर्णय हुने बताइएको छ। आज बैठक बसेर महाधिवेसन सार्ने निर्णय गर्ने तयारी रहेको पार्टी स्रोतले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑