
बिबियु,नारी वाटीका डट्कम
धादिङैं -१३ असोज ।
धादिङको पृथ्वी राजमार्ग गजुरी गाउँपालिका–२ छहरामा फेरी पहिरो खसेको छ । क्रम नरोकिएपछि सडक खुलाउन समस्या भएको हो।
चार दिनअघि पहिरो खसेर सडक अवरुद्ध भएपछी सो पहिरो पन्छाउने काम भईरहेको थियो । तर मंगलबार दिउँसो फेरी उक्त स्थानको पहिरो पन्छाउने काम भइरहेको अवस्थामा माथिबाट ठूला ढुंगासहितको पहिरो खसेर राजमार्ग पुनः अवरुद्ध भएको हो।
सडक विभागले लोडर तथा एक्साभेटरका चारवटा मेसिनहरु प्रयोग गरी तिब्र गतिमा पहिरो पन्छाउने काम भइरहेको समयमा सोही स्थानमा माथिबाट फेरि माटो, ढुंगासहितको सुख्खा पहिरो खस्ने क्रम जारी रहेको जनाइएको छ ।
परेको लगातारको वर्षाले सडक माथिको भाग चर्किएर खसेको पहिरोले क्षति पुर्याएको उक्त स्थानमा भदौ १० मा त्रिशूली नदीमा आएको बिनाशकारी बाढीले सडकको तल्लो भाग कटान गरी जमिन कमजोर बनाएकोले पनि त्यसपछी पहिरोको थप जोखिम बढेको हो।
पृथ्वी राजमार्गको कृष्णभीरसहित दर्जनौ ठाउँमा खसेको पहिरो सडक विभाग तथा सुरक्षाका टोलीहरुको प्रयासले पन्छाएर एकतर्फी भएपनि यातायात सञ्चालनमा ल्याइएको थियो।
तर यसरी पटक पटक लाईफ लाईनमा रहेको यस पृथ्वी राजमार्ग सडकखण्डका विभिन्न ठाउँमा पहिरोको जोखिम कायमै रहेकोले सवारीसाधन चलाउँदा सम्वन्धित गाडी चालकहरुले विशेष होसीयारी अपनाउनु पर्ने सुझाव दिइएको छ।












प्रतिक्रिया दिनुहोस