
बिबियु,नारी वाटीका डट्कम
धादिङैं -१५ असोज ।
नेपाली कांग्रेस धादिङको १५औँ महाधिवेशन अन्तर्गत धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनमा १ हजार ७ सय ५८ मत खसेको छ ।खसेको निर्वाचन समितिले जनाएको छ ।
कुल १ हजार ७ सय ९० क्षेत्रीय प्रतिनिधिहरुको मत रहेकोमा बाँकी प्रतिनिधिहरु जिल्ला बाहिर रहनु भएको र भदौ १० को भोटेकोशी बाढीले जिल्लाको लाईफलाईनमा रहेको मलेखु फुर्केखला मोटरेवल पुल बगाएपछी यतीबेला धादिङको जिल्ला सदरमुकाम आवागमनमा निकै समस्या लगायत आदी कारणले ३२ जना मतदाताहरु मतदानमा सहभागी हुन नसकेका निर्वाचन अधिकृत विस्वास आचार्यले जानकारी दिनु भयो ।
बुधबार विहान १० वजेदेखि सुरु भएको मतदान प्रकृया साँझ साढे ५ बजेसम्म पनि नेता,कार्यत.कर्ता तथा मतदाता क्षत्रीय प्रतिनिधिहरूको निकै उत्साहजनक सहभागिता रहेको थियो ।
काँग्रेसको सम्पन्न यस क्षत्रीय अधिवेशनले क्षेत्रीय कार्यसमिति, प्रदेश सभा कार्यसमिति,प्रतिनिधिसभा कार्यसमिति र केन्द्रीय १५ औं महाधिवेशनमा भाग लिनको केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।
धादिङ जिल्ला प्रतिनिधिसभा क्षेत्र नं.२ को क्षेत्रीय कार्यसमिति सभापति पदका लागीका लागी जिल्ला पार्टी सहसचिव नवराज तिमल्सिना र निवर्तमान केन्द्रीय महाधिवेशन प्रतिनिधि राजन बुलाकोटीकाबिचमा पतिस्पर्दा भएको थियो ।
त्यसैगरी, प्रदेश सभा २ (क)को सभापति पदका लागि निलकण्ठ नगरपालिका वडा नं.८ का वडाध्यक्ष प्रकाश कुमार श्रेष्ठ र नेता ईश्वर अर्यालबिचमा पतिस्पर्दा भएको थियो । साथै प्रदेश सभा २ (ख) को सभापति पदका लागि आशिष किरण अधिकारी र पाण्डव कुमार श्रेष्ठबिचमा प्रतिस्पर्धामा उत्रिएका हुन् ।
नेपाली काँग्रेस क्षेत्रीय निर्वाचन समितिका अनुसार विहीबार विहान ८ वजेबाट मतगणना बमर्य सुरु हुने जनाएको छ ।
यस्तै, धादिङ क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशन भने बुधबारबाट मात्रै सुरु भएको हो । स्रोतका अनुसार सकभर सहमतिको प्रयास भइरहेको छ । सहमति नजुटे आज बिहिबार मतदान हुने नेपाली कांग्रेस धादिङले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस