
बिबियु,नारी वाटीका डट्कम
धादिङ-१८असोज ।
नेपाली कांग्रेसको आजदेखी १५औँ महाधिवेशन अन्तर्रगतको केन्द्रीय अधिवेशन काठमाण्डौंको खुल्ला मञ्चमा हुँदैछ।
काँग्रेसका संस्थापक एवं नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो पटक मुल स्थल काठमाडौंको खुल्लामञ्चबाट पार्टीको सम्बोधन गर्नु भएको थियो ।
सोही सार्वजनिक स्थलको संस्थापन कांग्रेसको १५औँ महाधिवेशन आज दिउँसो २ः०० बजे टुँडिखेल खुलामञ्चमा उद्घाटन कार्यक्रम हुने भएको हो। साथै सोही स्थलमा पार्टीका वरिष्ट संस्थापक नेता गणेशमान सिंहलेसमेत निरंकुश सत्ताको अन्त्यका लागि भएको २०४६ सालको जनआन्दोलनको सफलताको उद्घोष गर्नु भएको थियो।
सभापति गगनकुमार थापाले महाधिवेशनको उद्घाटन गर्नु हुनेछ । उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेताहरू, देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको पनि कार्यक्रममा आतिथ्यता र सम्बोधन गर्नु हुने कार्यसुचि रहेको छ।
विशेष महाधिवेशनपछी गगनकुमार थापाको नेतृत्वमा रहेको पार्टीको विधानमा पैतिस वर्ष मुनिका युवा तथा महिला र लक्षित वर्गलाई समेटिएको छ । यसका साथै लोकतन्त्र सेनानी, श्रमिक तथा पेसागत समूह,विदेशमा रहेका नेपालीसमेत पहिलोपटक केन्द्रीय समितिमा प्रतिनिधित्व गर्न पाउने गरी व्यवस्था गरिएको छ ।
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत असोज १७ गते मात्रै देशभरको अधिवेशन सम्पन्न भएको थियो । तर असोज ८ गतेदेखी अबिरल वर्षाका कारण तोकिएको मितिमा पुर्व निर्धारित कार्यसुचि अनुसार वडा प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधिहरु चयनको प्रक्रिया सम्पन्न भएपनि प्रदेश र जिल्ला कार्यसमितिको अधिवेशन भने बाँकी नै रहेका छन्।
आजदेखी काठमाडौंको खुलामञ्चमा हुने १५औँ महाधिवेशनको उद्घाटन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
यसअघि असोज १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका रहे पनि चार दिनसम्म देशभरमा भएको भारी वर्षाका कारण वडा तथा क्षेत्रमा अधिवेशन प्रक्रिया प्रभावित भएपछि उद्घाटन मिति आन असोज १८ गतेका लागि तय गरिएको हो।












प्रतिक्रिया दिनुहोस