आज: २०८३ आश्विन १८, आईतबार | Sun, 04, Oct, 2026

आज देशका पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको

२०८३ आश्विन १८, आईतबार मा प्रकाशित ( ३३ मिनेट अघि) ९४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ-१८असोज ।

वर्षा गराउने प्रणाली नेपालबाट बिस्तारै बाहिरिन सुरु गरेपनि आज देशका अधिकांश पहाडी तथा हिमाली भू-भागमा आज मौसम बदली रहने भएको छ।

जस अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज यी प्रदेशका एक–दुई स्थान तथा कर्णाली र सुदूरपश्चिमका हिमाली,पहाडी भु-भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षासहितको हिमपात हुने सम्भावना रहेको छ।

यसैगरी, कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई भु-भागका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाको पुर्वानुमान छ। आज राति पहाडी तथा तराई भूभागमा मौसम बदली हुनेछ भने तराई क्षेत्रमा बिहानतिर हुस्सु लाग्नेछ।

साथै मधेससहित कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑