आज: २०८३ आश्विन १८, आईतबार | Sun, 04, Oct, 2026

रिम्स नेपालको २९औँ साधारण सभा तथा १४औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन

२०८३ आश्विन १८, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) ४३५ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम

धादिङ -१८ असोज।
,
धादिङ कै जेष्ठ गैर सरकारी संस्था स्रोत पहिचान तथा व्यवस्थापन समाज–नेपाल (रिम्स नेपाल) को २९औँ साधारण सभा तथा १४औँ अधिवेशन सम्पन्न भएको छ।

विशेषगरी सामुदायीक वन व्यवस्थापन, समावेशीको लागी पैरवी र वकालतको क्षेत्रमा काम गर्दै आईरहेको रिम्स नेपालले वन काष्ट पैदावार,जरीवुटी सम्रक्षणको सवाललाई उठान गरी लामो समयसम्म धादिङ जिल्लामा काम गर्ने गैससको रुपमा परिचित रहेको छ ।

यसका साथै विगत लामो समयदेखी सामुदायीक वन व्यवस्थापन र सम्रक्षणमा सहयोग पुर्याउन वन व्यवस्थापन समिति,वन प्राविधिक लगायतको क्षमता विकासको लागी तालिम,गोष्ठी,अभिमुखिकरणका कार्यक्रमहरु संन्चालन गर्दै आएको रिम्स नेपालको यही असोज १७ गते शनिबार धादिङको गल्छी गाउँपालिकामा रहेको संस्थाको आफ्नै भवनमा सम्पन्न २९ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनले शिवप्रसाद अधिकारीको अध्यक्षतामा ७ सदस्यीय रहेको नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यक्रममा संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत,वार्षिक समीक्षा,आगमी वर्षको लागी भावी योजनासहित आगमी कार्यकालको लागी सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरी २९ औं साधारणसभा कार्यक्रम सम्पन्न गरिएको संस्थाले जानकारी दिएको छ।

नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा शिव अधिकारी,उपाध्यक्षमा प्रमिला पण्डित, सचिवमा चेतनाथ त्रिपाठी र कोषाध्यक्षमा शिला श्रेष्ठ लगायत ७ सदस्यीय रहेको नयाँ कार्यसमिति चयन गरेको हो।

यसैगरी भेलाले रामलाल श्रेष्ठको अध्यक्षतामा ३ सदस्यीय लेखा तथा अनुगमन उपसमिति गठन गरेको छ। गोपाल गैरेको संयोजकत्वमा ३ सदस्यीय कार्यक्रम विकास समिति गठन गरिएको आयोजक संस्थाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑