आज: २०८३ आश्विन २१, बुधबार | Wed, 07, Oct, 2026

कांग्रेसको वरिष्ठ उपसभापतिमा शर्मा निर्विरोध निर्वाचित

२०८३ आश्विन २१, बुधबार मा प्रकाशित ( १ घण्टा अघि) ९४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम

धादिङ-२१असोज ।

नेपाली कांग्रेसको वरिष्ठ उपसभापतिमा नेता विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित हुनु भएको छ ।

यही असोज १८ देखै २२ सम्म काठमाडौंको खुल्लामञ्चमा आयोजित कांग्रेसको १५औं महाधिवेशनको नयाँ नेतृत्व चयनका लागी मंगलबार साँझ ७ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको थियो।

उक्त पदमा शर्माको एकल उम्मेदवारी परेकोले उहाँ निर्विरोध निर्वाचित हुनु भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको हो।

पुर्व सभापति शेरवहादुर देउवाले नेतृत्व गरेको काँग्रेसको गतिविधिमा पार्टी सिद्धान्त र मुल्य मान्यता विपरित भएकोले गत निर्वाचनमा काँग्रेसले जनताका मुद्धामा काम गर्न नसक्दा नराम्रो संग पार्टीले हार बेहोर्नु परेको थियो ।

आदी कारण गत पुसमा  काँग्रेसका नेता गगनकुमार थापा र शर्माको पहलमा भएको विशेष महाधिवेशनबाट शर्मा उपसभापति चयन भएपछी पछिल्लो समय उहाँ र सभापति थापाको नेतृत्वमा काँग्रेस पार्टी हाँक्दै आउनु भएको थियो ।

त्यसअघि पनि २०७८ सालमा भएको पार्टीको १४औं महाधिवेशनबाट शर्मा महामन्त्रीमा निर्वाचित हुनु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑