आज: २०८३ आश्विन २३, शुक्रबार | Fri, 09, Oct, 2026

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको

२०८३ आश्विन २३, शुक्रबार मा प्रकाशित ( ८ मिनेट अघि) ३२ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ,२३ असोज ।

आज पनि देशभरका विभिन्न स्थानमा वर्षा, चट्याङ्ग, हावाहुरी, असिन तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हालसम्म पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव रहेकाले सुक्रबार दिउँसो पनि हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ । यस्तै मधेस, कोशी र सुदूरपश्चिम प्रदेशका तराई भु-भागमा पनि वर्षा हुने पुर्वानुमान गरिएको हो ।

यसैगरी, बागमती र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा कोशी प्रदेशको तराई भु-भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

आजराति पनि देशका हिमाली तथा पहाडी भेगमा चट्याङ्ग, वर्षा र हिमपात हुने बताइएको छ। साथै कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पुर्वानुमान गरिएको महाशाखाले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑