
नारी वाटिका डट्कम
पोखरा -२३ असोज ।
पोखरामा आज बिहान भएको स्कुल बस दुर्घटनामा परी ५ बालबालिको मृत्यु छ।
सुक्रबा पोखरा महानगरपालिका–२८, माझठानाबाट कालिका बोर्डिङ स्कुलका बालबालिका लिएर आउँदै गरेको बस दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ।
दुर्घटना भएको उक्त बसमा २१ जना रहेको र उनीहरूमध्ये १९ जना विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।
बालबालिकाहरु परीक्षाको तयारीका लागी ट्युसन पढ्न जाँदै गरेका र सबैजना कक्षा–१० मा अध्ययनरत विद्यार्थी रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीले जानकारी बताउनु भयो।
यस्तै दुर्घटनामा १५ जना घाइते भएकाहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। उनीहरुमध्य गण्डकी मेडिकल कलेजमा तीनजनाको उपचार भइरहेको छ। गण्डकी अस्पतालमा उपचारका क्रममा पाँचजनाको मृत्यु भएको हो।












प्रतिक्रिया दिनुहोस