
बिबियु,नारी वाटीका डट्कम
धादिङ-२३ असोज ।
ग्यास बोकेको भारतीय बुलेट टयांकर धादिङको गल्छी गाउँपालिका–७ मच्छेडी खोलामा दुर्घटनामा परेको छ ।
चितवनबाट काठमाडौं तर्फ आउँदै गरेको एच.आर ३८ एएल ३३६७ नम्बरको भारतीय ग्यास बुलेट सुक्रबार दिउँसो दुर्घटनामा परेको हो ।
गल्छीस्थित मच्छेडी खोला भन्ने ठाउँको सडक मै पल्टिएर बुलेट दुर्घटनामा परेपछि मुग्लिन–काठमाडौं सडकखण्डको दुबै तर्फ अवरुद्ध भएको छ।
सडक अवरुद्ध भएसंगै पृथ्वीराजमार्ग भएर संन्चालन हुने सयौं सवारीसाधनहरु सडकमै रोकिएका छन्।
दुर्घटनामा बुलेट चालक घाइते भएका छन् भने दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।












प्रतिक्रिया दिनुहोस