
बिबियु,नारी वाटीका डट्कम
धादिङ,२४ असोज ।
नेपाली कांग्रेसको सम्पन्न १५ औं महाधिवेशनबाट भारी मत प्राप्त गरि गगनकुमार थापा सभापतिमा निर्वाचित हुनु भएको छ। नेपाली कांग्रेसको इतिहासमा विशेश्वरप्रसाद कोइराला पछि कार्यकर्ताले मन पराएका अब्बल नेताका रुपमा परिचित थापा पछिल्ला समयमा नागरिक तहमा पनि लोकप्रिय छन् ।
विशेषगरी, काँग्रेसको राजनीति बाटै हुर्केका थापा आफ्नै पार्टीमा पुस्तान्तरण र युवा वर्गका लागि अवसरको खोजीमा हिंडेका थापाले पार्टीभित्रै कडा बिद्रोह गरेर नेतृत्व परिवर्तन गर्ने समकालीन राजनीतिक दलहरुका नेताहरु मध्येका उहाँ सफल नेता बन्नु भएको हो ।
पछिल्लो समय उहाँ निकै जिम्मेबार, सुझबुझ र परिपक्वताका साथ नेपालको राजनितिक नेताका रूपमा परिचित हुंदै आएका छन्। हिजोको अवस्थामा देशकै मुख्य र जिम्मेवार पार्टीको रुपमा रहेको नेपाली काँग्रेस आफुभित्रका केही नेताका गलत र एकलौटी स्वार्थका कारण देशको भविश्यमा नै निकै अप्ठ्यारो परिस्थिति उत्पन्न भएको थियो ।
थापाले भने झै अब उप्रान्त उनको कार्यकालमा प्रश्न मर्न पाँउदैन। पार्टीमा कुनै बा, दाइ वा लास र दास मात्र हुनेछैनन्। उनले लिने निति, गर्ने निर्णय र कामको गुण र दोषका आधारमा जनता तथा कार्यकर्ताले समर्थन या विरोध गर्ने छन्।
यस्तै लोकतान्त्रिक अभ्यास र संस्कृतिको प्रस्तुति भक्तिगानमा मात्र सिमित हुनेछैनन्। काँग्रेसलाइ कसैले प्रश्न गर्दा अन्य पार्टीका कार्यकर्ता जस्तो गालीका वर्षा कार्यकर्ता वा निकट मानिएका पङ्क्ति बाट हुनेछैनन् भनेर नेता थापाको भनाई छ ।
नव निर्वाचित सभापति थापाले विपिको समाजवाद लाइ आजको समयको गति र लय सँग मिल्ने गरि परिष्कृत गरेर विज्ञान र प्रविधिको माध्यमबाट देशमा कृषि, रोजगार, उधमशिलता , स्वास्थ्य, शिक्षा र व्यवशायलार्इ विश्व बजार सँग प्रतिस्पर्धा गर्न सक्ने बनाइनेछ भन्ने नेपाली काँग्रेस पार्टीमा लागेका युवाहरुले आशा र भरोसा लिएको बताउँछन् ।
काँग्रेस पार्टीभित्र मात्रै नभई समग्र देशमा देखिएको राजनीतिक संकट तथा जुन पार्टीको सरकार आएपनि जनताका मुद्धा र सवालमा काम गर्न नसक्दा नेपालको राजनितिमा विश्व समुदायले हेर्ने दृष्टीकोणमा पनि कहिले सकारात्मक र विस्वास बढ्न सकेको छैन ।
यस अर्थमा पनि आफ्नो व्यक्तिगत स्वार्थ,पार्टी र राजनितिक भन्दा फरक जनताले हृदयबाट स्विकार गर्ने सुध्रिएको काँग्रेस बनाउन उहाँको मुख्य काम रहोस भन्ने सुभेच्छा सहित हाम्रो तर्फबाट पनि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
३न्बनबलत्जबउब












प्रतिक्रिया दिनुहोस