
बिबियु,नारी वाटीका डट्कम
धादिङ -२६ असोज ।
नेपालीहरूको महान् चाड बडादशैँको दोस्रो दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो रुप ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाईँदैछ ।
बडादशैं अन्तर्रगत नवरात्रको दोस्रो दिन विधिपूर्वक माता दुर्गाका नौ रूपमध्येकी दोस्रो रूप ब्रह्मचारिणीको विधिपूर्वक पूजा आरधना गर्ने गरिन्छ। ब्रह्मचारिणीको अर्थ ःब्रह्मुको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ, अर्थात् तपस्याको आचरण गर्ने शक्ति रुवरुपा देवी ब्रह्मचारिणी हुन् ।
ब्रह्मचारिणी मातालाई पुजा आरधना गर्ने पूजा विधि, फूल, अक्षता, चन्दन र नैवेद्य अर्पण गरी विशेष मन्त्र जप र स्तोत्र पाठ गरिन्छ । नेपालीको सबैभन्दा ठुला चाड मध्यकै बडादशैं हो ।
यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म धुमधामका साथ मनाउने गरिन्छ। बडादशैँको पहिलो दिन नेपालीका घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ।
पूजा कोठा वा दशैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी नौ दुर्गाको विधिपुर्वक पूजा आरम्भ हुन्छ। सोही अनुसार आज नवरात्रको दोस्रो दिन हो । ब्रह्मचारिणीको विधिपूर्वक पूजा आरधना गरी मनाईँदैछ ।
नवरात्रको पहिलो दिन आइतबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। सोही दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आरधना गरी विधिपूर्वक पूजा गरिएको थियो भने आज दोस्रो दिन पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आरधना गरी विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायतका देवी स्तोत्र पाठ गरी विधिपुर्वक पुजा गरिन्छ।












प्रतिक्रिया दिनुहोस