आज: २०८३ आश्विन २७, मंगलबार | Tue, 13, Oct, 2026

बडादशैँको तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा गरिँदै

२०८३ आश्विन २७, मंगलबार मा प्रकाशित ( १ घण्टा अघि) ९४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम

धादिङं -२७ असोज ।

नेपालीहरूको महान् चाड दशैँ अन्तर्रगतको आज नवरात्रको तेस्रो दिन नवदुर्गा भवानीका नौवटा रूपमध्ये चन्द्रघण्टा भगवतीको पूजा आरधना गरिँदै छ ।

दशैँको पहिलो दिन घटस्थापना गरेसँगै नवदुर्गाका नौवटा रूपको धार्मिक परम्परा अनुसार पुजा आरधना गरियिो भने शक्ति स्वरुप देवीको मस्तकमा चन्द्राकार घण्ट सुशोभित भएका कारण उहाँलाई माता चन्द्रघण्टा भनिएको हो । नवदुर्गाका नौ रुपमध्य चन्द्रघण्टालाई वीर रसको अपूर्व शक्तिका रुपमा पुज्ने गरिन्छ ।

चन्द्रघण्टा देवीको पूजा आरधना गर्दा मानिसले राक्षसी तथा भूत प्रेत शक्तिबाट उन्मुक्ति पाइने धार्मिक ग्रन्थहरुमा उल्लेख गएिको छ । नौ वटी देवीमध्यकी तेस्रो शक्तिको पूजा आराधना गर्नाले शरीरमा तेजको सन्तुलन र सूर्यको तेजबाट प्रज्ञावान् हुने मानिन्छ । यस दिन पनि पूजापछि दूधबाट बनेको पदार्थ प्रसाद लगाउनाले सम्पूर्ण दुःख,कष्ट नाश हुने विस्वास छ ।

यसैगरी,नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विधिपुर्वक पूजा गरिन्छ ।

नेपालीको सबैभन्दा ठुलो चाड दशैँ पर्वलाई असत्यमाथिको सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिएको हो । घटस्थापनाका दिनदेखि महानमीको अवधिलाई नवरात्र भनिन्छ ।

दशौं दिनलाई विजयादशमी रुपमा दुर्गादेवीको विशेष आराधना गरिन्छ । दुर्गा देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पुजा आरधना गरी मनाइन्छ ।

यस नवरात्रीको अवधीभर काठमाडौंको मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, इन्द्रायणी, सुन्दरीमाई, बज्रयोगिनीलगायतका प्रसिद्ध देवीका शक्तिपीठहरुमा विशेष पुजा गर्ने गरिन्छ ।

उल्लेखित देवीका शक्तिपिठहरुमा श्रदा,भक्तिपुर्वक पुजा गर्न आश्विन शुक्ल प्रतिपदादेखि विजयादशमीका दिनसम्म भक्तजनको धेरै भिड लाग्ने गर्दछ । यी शक्तिपीठमा शारदीय नवरात्रमा विशेष पूजा हुने धर्मगुरुहरु बताउँछन् ।

नवदुर्गा माता भवानीले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका दानवधारी राक्षसहरुलाई देवीको शक्तिले वध गर्न लिएका नौ रूपको दुर्गा माताका चरणमा परी विशेष पूजा गर्ने गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑