
बिबियु,नारी वाटिका डट्कम
धादिङ ३० असोज ।
बडादसैँ अन्तर्गत शारदीय नवरात्रको छैटौं दिन आज, दसैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी शक्ति माता कात्यायनी देवीको पूजा आराधना गरिँदैछ।
पौराणिक मान्यता अनुसार कात्यायनी माताको विधिपूर्वक पूजा आराधना गर्दा शक्ति प्रदान हुने,दुख नास भई देश,समाज र परिवारमा सान्ति मिल्ने बताईन्छ ।
यस्तै, माता कात्यायनीलाई महिषासुरको वध गर्ने शक्तिशाली देवीका रूपमा लिइन्छ।आज कात्यायनी भगवतीको पूजा आराधना गर्दा रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई मानिस प्रगतिको पथमा अघि बढ्ने धार्मिक विश्वास रहेको छ।
कात्यायनी देवीको उत्पत्ति : कत ऋषिका पुत्र कात्यको गोत्रमा जन्मिएका महर्षि कात्यायनले भगवतीलाई आफ्नी पुत्रीको रूपमा पाउन लामो समयसम्म तपस्या गरेका थिए।
तिनै महर्षि कात्यायनकी पुत्रीका रूपमा जन्मिएकी भगवतीको नाम कात्यायनीु रहन गएको हो।
शक्ति स्वरुपा भगवतीको महिमा,विशेष विवरण तथा पुजा विधि बारे विस्तृत जानकारीका लागि विशेषगरी देवी भागवत,पुराण,चण्डी पाठलगायतका धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया दिनुहोस