
बाँके-५ कात्तिक ।
विद्युत् सर्ट भई आगलागी हुंदा बाँकेको जानकी गाउँपालिका–६ कपासीस्थित इद्दु खानलगायत सातवटा घर पूर्णरूपमा जलेर नष्ट भएका छन् ।
बुधवार दिउँसो अ. १४ः२० बजे विद्युत् सर्ट भई अचानक आगलागी भएपछी प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरिएको थियो।
आगो नियन्त्रणका लागी कोहलपुर नगरपालिका र नेपालगन्ज उपमहानगरपालिकाको दमकल घटनास्थलमा परिचालन गरी करिब २ घण्टापछी आगो पूर्णरूपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट मानवीय क्षति नभएको बताइएको छ।
आगलागीबाट जानकी गाउँपालिका–६ कपासी भन्ने स्थानका मुश्लीम समुदायका खरले छाएका एक तले कच्ची घर पूर्णरूपमा जलेर ।
नष्ट भएको प्रहरीले जनाएको छ ।
अन्य क्षतिको विवरण प्रहरीले संकलन गरीरहेको जनाएको छ ।भने घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ।












प्रतिक्रिया दिनुहोस