
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१२ कात्तिक ।
नागढुङ्गा सुरुङमार्गमा यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लाग्ने भएको छ।आयोजनाले बिहिबार सूचना जारी गर्दै सडक बोर्ड नेपाल कार्यकारी समितिको निर्णय अनुसार यही कात्तिक १५ गतेदेखि टोल शुल्क लिने भएको हो।
सरकारले गत चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधनले आवागमन वापत शुल्क निर्धारण गरेको थियो। यस्तै व्यवस्थापन कम्पनीले सवारीसाधनको क्षमता अनुसार सुरुङमार्गको प्रयोग गर्नका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ।
कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा रु ६५ र सोही वर्गका सवारीसाधन काठमाडौँबाट प्रस्थान गर्दा भने रु ६० निर्धारण गरी शुल्क तोकिएको छ।
यसैगरी,मिनीबस, मिनी टिपर÷ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा रु १२५ र काठमाडौँबाट प्रस्थान गर्दा भने रु ८० दस्तुर तोकिएको छ भने बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीको लागि काठमाडौँ प्रवेश गर्दा रु २६० र काठमाडौँबाट प्रस्थान गर्दा रु, २०० दस्तुर लाग्ने छ।
यस्तै, मल्टिएक्सल ट्रक÷सवारीसाधन, भारी उपकरणको लागि उपत्यका प्रवेश गर्दा रु ६०० र बाहिरिँदा रु २५० दस्तुर तोकिएको छ। सुरुङमार्गको निर्माण कार्य सम्पन्न पछी गत साउन ११ मा उद्घाटन गरी सवारीसाधन परीक्षणका रूपमा गुडाउँदै आइरहेको छ।












प्रतिक्रिया दिनुहोस