आज: २०८३ कार्तिक १६, आईतबार | Sun, 01, Nov, 2026

पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको : सञ्चारमन्त्री तिमल्सिना

२०८३ कार्तिक १५, शनिबार मा प्रकाशित ( १ दिन अघि) ४०४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -१४ कात्तिक ।

केही माहिनायता नेपाल सरकारले एकपछी अर्को गर्दै पक्राउ गरेका पत्रकारहरुलाई रिहाई गरिएको सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले बताएका छन्।

संन्चारमन्त्री तिमल्सीनाले शुक्रबार साँझ आफ्नो फेसबुकमार्फत स्टाटस लेख्दै यसको जानकारी गराएका हुन् ।

नेपालमा नयाँ सरकार बनेपच्छाद् एकपछी अर्को गर्दै विभिन्न बहानामा पत्रकारहरु पक्राउ परेका छन् । यदी कुनै सन्चारमाध्यम तथा पत्रकारले कानुन् विपतिर काम गरे सरकारले त्यसलाई कानुनी कठघरमा ल्याउन सक्छ ।

तर पछिल्ला दिनहरुमा रास्वपाको नेतृत्वमा बनेको सरकारले सरकारी तथा अन्य गतिविधिमा भए गरेका नराम्रा तथा नागरिक हित विपरित कार्यको समेत विरोध गर्न वा सन्चार माध्यमा प्रकाशन प्रसारण गर्न नपाइएको अवस्था छ ।

सञ्चारमन्त्रीले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताउँदै पत्रकार प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ रहेको पनि बताएका छन्।

उनले भनेका छन्, ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ। प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन्।’

तर सरकारको भनाई र गराईमा फरक देखिएको छ ‘ पछिल्ला समयमा रास्वपा नेतृत्वमा बनेको बालेन सरकारले सही तथ्य र सत्य कुरालाई जनता सामु लैजाने प्रयास गर्दा त्यसको निगरानी गृह्रमन्त्रालयले गरिरहेको अवस्था छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑