आज: २०८३ कार्तिक १८, मंगलबार | Tue, 03, Nov, 2026

सोलुखुम्बुको फेरिचेमा हेलिकप्टर दुर्घटना, एकको मृत्यु एकजना घाइते

२०८३ कार्तिक १८, मंगलबार मा प्रकाशित ( २७ सेकेण्ड अघि) ० पाठक संख्या
नारी बाटिका


नारी वाटिका डट्कम
सोलुखुम्बु – १७ कात्तिक ।

सोलुखुम्बुको फेरिचेमा आज भएको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । “दुर्घटनामा परी भारतको तमिलनाडु राज्य, चेन्नई निवासी अन्दाजी ४७ वर्षीय वसन्तकुमार बलरामुडुको निधन भएको हो ।

मंगलबार बिहान करिव सवा ८ बजे सोलुखुम्बुको फेरिचे क्षेत्रमा अवतरण गर्ने क्रममा एयर डाइनेष्टीको नाइन एन—एओडी र फिस्टेल एयरको नाइन एन–एजेआर हेलिकप्टर एक आपसमा ठोक्किँदा दुर्घटनामा परेको थियो ।

फिस्टेल एयरको हेलिकप्टरमा दुई विदेशी नागरिक सवार थिए। दुर्घटनामा परी घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पतालमा ल्याइएको छ।

दुर्घटनामा परी एकजना भारतीय नागरिकको मृत्यु भएको हो भने मृर्तकको शव व्यवस्थापनसम्बन्धी आवश्यक प्रक्रिया पुरा गरी काठमाडौं ल्याउने तयारी गरिएको क्यानले जानकारी दिएको छ। दुर्घटनाको सम्वन्धमा छानबिन समिति गठन गरी छानबिनको कामसमेत सुरु भएको क्यानले जनाएको छ।

साथै क्यानले आज एक विज्ञप्ति जारी गर्दै दुर्घटनाको सम्बन्धमा छानबिन सुरु भइसकेको र त्यसबाट प्राप्त तथ्य, विश्लेषण गरी निष्कर्षमा पुगेर प्रचलित कानुन बमोजिम आवश्यक कारबाही एवं सुधारात्मक उपायहरू अवलम्बन गरिने उल्लेख गरेको छ।

क्यानले दुर्घटनामा घाइते भएका न्यूजील्याण्ड नागरिक शैलेस किसन पटेल तथा सम्बन्धित हेलिकप्टरका पाइलटहरूको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑