आज: २०८३ कार्तिक १९, बुधबार | Wed, 04, Nov, 2026

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ए खुवाउने अभियान संन्चालन

२०८३ कार्तिक १९, बुधबार मा प्रकाशित ( ५५ मिनेट अघि) ४०४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ १८ कात्तिक ।

राष्ट्रिय कार्यक्रम अन्तर्गत कात्तिक यही १७ गते मंगलबारदेखी आजसम्म दुई दिन देशभरका बालबालिकालाई सरकारले भिटामिन ए र जुकाको औषधि खुवाउने अभियान सञ्चालन गरिरहेको छ।

सोही कार्यक्रम अन्तर्रगत जनस्वास्थ्य कार्यालय धादिङले कात्तिक १७ र १८ गते नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका मार्फत ६ महिना देखी ११ महिनासम्मका बालबालिकाहरूलाई भिटामिन खुवाउने अभियान संन्चालन गरेको जानकारी दिएको हो ।

जनस्वास्थ्य कार्यालय धादिङका अनुसार १२ महिनादेखी ५९ महिनासम्मका बालबालिकाहरूलाई भिटामिन ुएु र जुकाको औषधी पनि खुवाउने अभियान चलिरहेको जनाएको छ ।

सरकारले प्रत्यक वर्ष यस उमेर समुहका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने अभियान देशभरमा नै संन्चालन गर्दै आइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑