आज: २०८३ कार्तिक १९, बुधबार | Wed, 04, Nov, 2026

पदबाट हटाइएपछि कानुनी परामर्शमा पुर्व आईजीपी कार्की

२०८३ कार्तिक १९, बुधबार मा प्रकाशित ( ३८ सेकेण्ड अघि) १  पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
धादिङ- १८ कात्तिक ।

सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाएपछि दानबहादुर कार्की कानुनी परामर्शमा जुट्नु भएको छ । आफुलाई आईजीपीबाट हटाएपछी सरकारको यस निर्णयविरुद्ध रिट लिएर उहाँ सर्वोच्च अदालत जाने तयारीमा जुटुनु भएको हो।

बुधबार उहाँलाई पदबाट हटाएको सरकारको निर्णय सार्वजनिक भएपछी उहाँ कानुन व्यवसायीलाई सम्पर्क गरी परामर्श लिने तयारीमा लाग्नु भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिने निर्णय गरेको थियो।

यस्तै आज कै बैठकले एआईजी मनोज केसीलाई आईजीपीमा नियुक्त गर्ने निर्णयपछी आजै केसीलाई नियुक्त गरेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए।

एक वर्षअघि कात्तिक २४ गते आईजीपीमा नियुक्त हुनु भएका दानवहादुर कार्की एक वर्ष पुरा समयपनि आफ्नो पदमा रहेर काम गर्नै नपाई पदबाट हटाइएका हुन्।

उहाँको कार्यकाल आगमी २०८४ चैत १७ गतेसम्म थियो। कार्की पूरा कार्यकाल आइईपीमा बस्न पाउनु पर्ने मागसहित रिट लिएर कानुनी प्रकृयामा जान सक्ने कानुन व्यवसायीहरुको भनाइ छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑