आज: २०८३ कार्तिक २८, शुक्रबार | Fri, 13, Nov, 2026

उत्तरी धादिङ जोड्ने दोस्रो मोटरेवल पुल (कल्भट) पुछारबजारमा निर्माण कार्य सुरु

२०८३ कार्तिक २८, शुक्रबार मा प्रकाशित ( १७ मिनेट अघि) ९४ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम

धादिङ -२७ कार्तिक ।

उत्तरी धादिङसंग जिल्ला सदरमुकाम जोड्ने धादिङबेसीको मोटरेवल पुलहरुमध्य धादिङको पुछारबजारस्थित दामन पाख्रीन मार्ग सडकखण्ड अन्तर्रगतको थोपल खोलामा मल्टी सेल बक्स कल्भर्ट निर्माण कार्य सुरु भएको छ।

पूर्वाधार विकास कार्यालय धादिङमार्फत कार्य सम्पन्न हुने गरी बागमती प्रदेश सरकारले ३ करोड ८० लाख रुपैयाँ बजेट विनियोजन गरेपछी थोपलखोलामा पुल निर्माण हुन लागेको हो। पुल निर्माण कार्यको जिम्मेवारी एस एस कन्स्ट्रक्सन प्रालि, नीलकण्ठ–१२ ले पाएको छ।

तराईका विभिन्न स्थानमा प्रयोग हुँदै आएको मल्टी सेल बक्स कल्भर्ट प्रविधि पछिल्लो समय पहाडी क्षेत्रमा पनि प्रयोग गर्न थालिएको हो । यस किसिमबाट निर्माण हुने पुलको जगमा ५० सेन्टिमिटर बाक्लो आरसीसी ढलान गरिने माथिल्लो स्ल्याबमा ७० सेन्टिमिटर बाक्लो ढलान गरिनेछ भने प्रत्येक १० मिटरको फरकमा चारवटा पिलर उठाएर संरचना निर्माण गरिने निर्माण व्यवशायी जयराम भण्डारीले जानकारी दिए ।

सामान्य ह्युमपाइप राखेर बनाइएको विद्यमान कल्भर्टको सम्रचनाभन्दा यसरी निमार्ण गरिएको पुलको संरचना बढी भरपर्दो र बलियो हुने धादिङवासीको विस्वास रहेको छ।
यस थोपल खोलामा वर्षायाम लागेपछी वर्षाद सुरु हुनासाथ पानीको बहाव बढेर कल्भर्टमाथिबाटै खोला बग्ने गरेकोले पैदल यात्रीलाई यस कल्भर्ट बाट आवतजावत गर्दा निकै जोखिम हुने गरेको थियो ।

वर्षादको बेला उक्त कल्भर्टबाट आवागमन गर्ने क्रममा दुई–तीन जनाले ज्यान गुमाएका छन् । लामो समयदेखी जोखिमपूर्ण यात्रा गरिरहेका धादिङवासीलाई यस स्थानमा पक्की र भरपर्दो कल्भर्ट लिर्माण हुने भयपछी त्यसपछीको खोला वारपार गर्नमा सहज हुने भएकोे स्थानीयवासीले खुशी व्यब्त गरेका छन्।

यससंगै धादिङवेशीको पहरेचौतारा हुंदै साँकास तातोपानीबाट उत्तरी धादिङ जोड्ने थोपल खोलामा अर्को पनि मोटरेल पक्की पुल यसअघि नै निर्माण भइसकेको छ । तर यस स्थानका कतिपय व्यपारीहरु तथा जग्गाधनीका निजी स्वार्थका कारण अनेकौं वहाना बनाई उक्त पक्की बाट सवारीसाधन संन्चालन गर्न नदिएर धादिङबेसी पुछारबजार कै उक्त कल्भटबाट दैनिक रुपमा हजारौँ पैदलयात्री तथा सवारीसाधनहरुले जोखिमपुर्ण र कष्टकर रुपमा खोला वारपार गरिरहेका थिए ।

धादिङ साङ्कोष–तिप्लिङ सडक उत्तरी धादिङका नागरिकका लागि अत्यन्तै महत्वपूर्ण सडक हो। यस मार्ग हुँदै खनियाबास,गंगाजमुना, नेत्रावती डवजङं रुवीभ्याली लगायतका गाउँपालिकाका नागरिकको आवतजावत गर्ने मुख्य नाकाका रुपमा लिइन्छ ।

जिल्लाका दुर्गम बस्तीलाई सदरमुकामसँग जोड्ने यो सडकको प्रवेशद्धारको रुपमा रहेको यस थोपल खोलाको पुललाई सुरक्षित र भरपर्दो बनाउनु पर्ने लामो समयदेखी कै धादिङवासीको माग रहेको थियो ।

यसका साथै धादिङबेसीदेखि करिब १५ किलोमिटरको दुरीमा रहेको टोड्के साना बजारसम्मको सडकखण्ड समेत यसै परियोजना अन्तरगतको बजेटबाट कालोपत्र गर्ने तयारी भइरहेको निर्माण व्यवशायी भण्डारीले जानकारी दिए ।

आगमी २०८४ असार १५ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी बागमति प्रदेश सरकार र निर्माण कम्पनीबिच सम्झौता गरिएका यस परियोजनालाई सम्भावित प्राकृतिक तथा मौसमी बदलीको जोखिमलाई ध्यानमा राख्दै कामलाई तीव्रता दिनु पर्ने आवश्यकता देखिनछ भने समयमै निर्माण कार्य सम्पन्न भए वर्षादको समयमा आउने बाढीका कारण निर्माण कार्यलाई पनि वाधा नपर्ने र नागरिकलाई आवागमनमा पनि सहज बनाउँदछ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑