
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२७ कार्तिक ।
नेपाली बजारमा आज सुन र चाँदीको भाउमा निकै गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकै दिनमा सुनको मूल्य प्रतितोला ११ हजार ३०० रुपैयाँले घटेको हो।
सुक्रबार बजारमा छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७०० रुपैयाँले कारोबार भइरहेको छ। तिहारको अघिल्लो दिन कात्तिक २२ गते प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो।
आज सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला ११० रुपैयाँले घटेर ३ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ।
तिहार बिदामा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको गिरावटको कारण स्थानीय बजारमा पनि मुल्यमा एकै दिन यति धेरै गिरावट आएको महासंघको भनाइ छ ।












प्रतिक्रिया दिनुहोस