
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२९ कार्तिक ।
नेपाली बजारमा आज सुन र चाँदीको भाउमा निकै गिरावट आएको छ। पछिल्लो समय घटेको मुल्य अनुसार आज सुन प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।
यससंगै आज एकै दिनमा सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँले घटेको हो। तिहारपछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातर गिरावट आइरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार यसअघि सुनको प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ३ हजार ८५५ रुपैयाँ रहेकोमा आइतबार मूल्य घटेर ३ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।












प्रतिक्रिया दिनुहोस