
बिबियु,नारी वाटिका डट्कम
धादिङ -२ मंसिर ।
प्रहरी महानिरीक्षक आईजी) दानबहादुर कार्कीले दायर गरेको रिट निवेदनमाथि आज प्रारम्भिक सुनुवाइ हुंदैछ । उनको रिट निवेदनमाथी न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा सुनुवाई हुंदै छ ।
सरकारले गत कात्तिक १८ मा प्रहरी महानिरीक्षक कार्कीलाई आईजीको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा तानेर सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई आईजीमा बढुवा गरिएको थियो।
त्यसपछी आईजी कार्कीले मन्त्रिपरिषदको निर्णय गैरकानूनी र आफूलाई अन्याय भएको दावी सहित सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। त्यस समयमा तिहार र छठ पर्वको बिदा परेको थियो ।
सोही कारण सारिएको आईजी कार्कीको मुददा आज(मंगलबार) अदालत खुलेपछि सर्वोच्च अदालत प्रशासनले आजका लागि प्रारम्भिक सुनुवाइको मिति तोकेको बताइएको छ ।












प्रतिक्रिया दिनुहोस