
नारी वाटिका डट्कम
पोखरा – २ मंसिर ।
कास्की जिल्ला अदालतले पोखरास्थित इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी तथा हिना मिना गर्ने सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवाना हुने फैसला गरेको छ।
सहकारी ठगीमा मुद्धा चलिरहेकाहरु संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद र एक करोड २६ लाख २३ हजार जरिवाना, सोही सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र एक करोड २६ लाख २३ हजार जरिवाना हुने फैसला भएको हो ।
यसैगरी,अर्का प्रतिवादी निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही छ वर्ष कैद सजाय र २६ लाख २३ हजार जरिवाना तोकिएको छ । सहकारी ठगीमा दोषी ठहर भएकाहरुलाई जरिवाना,कैद सजायसँगै १८ करोड ९६ लाख ५९ हजार बिगो माग भएको छ।
उक्त सहकारीका बचतकर्ताहरुले संस्थापक अध्यक्ष नेपालीसहित १५ जना विरुद्ध एक वर्ष अघि रिट दायर गरेका थिए । सोही अभियोगमाथि सुनुवाई (फैसला) गरेको हो।
२०७९ को स्थानीय तह निर्वाचनमा बागलुङको ढोरपाटन नगरपालिकाबाट नगर मेयरमा निर्वाचित नेपाली उक्त सहकारी ठगी प्रकरणमा २०८१ असोजदेखि पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा रहेका छन्।
ु
उनीमाथि पोखरा र बागलुङमा संन्चालित इमेज बचत तथा ऋण सहकारी संस्थाको अर्बौँ रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो ।












प्रतिक्रिया दिनुहोस