
बिबियु,नारी वाटिका डट्कम
धादिङ -५ मंसिर ।
नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि दैनिक रुपमा पाँच घण्टासम्म सवारी संन्चालनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले बिहीबार जारी गरेको सूचना अनुसार उक्त सडकखण्डको घोप्टेभीरमा लगातार रुपमा सुक्खा पहिरो खसेर मानवीय क्षति भएपछी थप जोखिम हुन सक्ने पुर्वानुमान गरी सडक बन्द गरेर पहिरो पन्छाउने कार्य सुरु भएको छ ।
प्रशासन कार्यालयको जारी सुचना अनुसार मंसिर ५ गतेदेखि अर्को सूचना जारी नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक आवागमन बन्द गरिने जनाएको छ ।
दैनिक रुपमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकेर जोखिमयुक्त ढुंगा तथा माटो पन्छाउने काम गरिने भएको हुंदा सडक बन्द हुने समयलाई ध्यानमा राखी सोही अनुसार यात्रा व्यवस्थापन गर्न सम्बन्धित सबैमा जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।












प्रतिक्रिया दिनुहोस