
बिबियु,नारी वाटिका डट्कम
धादिङ -५ मंसिर ।
मंसिर ६ देखी ७ गतेसम्म हुन लागेको प्रधानमन्त्री बालेन शाहको भारतको दुई दिने भ्रमण व्यवस्थापनको लागी तिब्र रुपमा तयारी गरिएको छ ।
नेपालका गएको भदौ २३ र २४ मा जेनजी पुस्ताहरुले गरेका निर्णायक आन्दोलनपछी उदाएको रास्वपा पार्टीका तर्फबाट मुलुकमा अन्तरिम सरकार बनेको थियो ।
त्यसपछी गत २०८२ फागुन २१ मा मुलुकमा भएको आम निर्वाचनबाट दुई तिहाई जनपत प्राप्त गरी रास्वपाकै नेतृत्वमा तत्कालिक काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह देशको प्रधानमँत्री बनेका हुन् ।
बालेन्द्र शाह प्रधानमन्त्री बनेपछी औपचारिक रुपमा विदेशको भ्रमणमा कुनै पनि राष्ट्रले आमन्त्रण गरेका छैनन् । प्रधानमन्त्री शाह पहिलो पटक यही भोली मंसिर ६ र ७ गते दुईदिने छिमेकी देश भारतको भ्रमणमा जाने भएको हुन् ।
उनी आइतबार नयाँ दिल्ली प्रस्थान गर्दै छन्। भ्रमणको पूर्वसन्ध्यामा शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछानेबीच भ्रमणका एजेन्डा तथा प्राथमिकताका विषयमा छलफल पनि भएको छ।
प्रधानमन्त्री शाहको भोलि आईतबारदेखी दुइ दिनसम्म हुने भ्रमणमा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस