
बिबियु,नारी वाटिका डट्कम
धादिङ -६ मंसिर ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा भोटेकोशी बाढीबाट प्रभावितसंग भेटघाट गर्न आज धादिङ आउँदै हुनुहुन्छ । सभापति थापाले गत भदौ १०को नुवाकोट, रसुवा र धादिङका विभिन्न क्षेत्रको स्थलगत भ्रमणका लागी आउने हुनु भएको हो ।
सभापति थापा आज (मंसिर ६, २०८३ आइतबार)का दिन धादिङको गल्छी गाउँपालिकास्थित गल्छी बजारमा आईपुग्नु हने र सम्भव भएसम्म धादिङ काँग्रेसका नेता तथा कार्यकर्तासंग छोटो समय भेटघाट गर्न सकिने नेपाली काँग्रेस धादिङले जानकारी दिएको छ ।
भोटेकोशी हुंदै त्रिशुली नदीमा आएको बिनाशकारी बाढीका कारण हजारौं नागरिकले ज्यान गुमाएका छन् भने अरवौंको धनजन तथा सम्पत्तिको समेत क्षेति पुगेको छ । बाढीबाट प्रभावित पीडितहरूसँग भेटघाट गरी उनीहरुको दुख तथा समस्या बुझ्नका लागी सभापति थापा प्रभावित जिल्लाको स्थलगत भ्रमण गर्न लाग्नु भएको हो ।
यसैगरी त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पुर्याएको क्षतिपछि करिब तीन महिनाको अवधिमा पीडितहरूको अवस्था बुझ्न तथा पुनर्निर्माणको प्रगति बारे अनुगमन तथा जानकारी लिन सभापति थापा प्रभावित जिल्ला पुग्न लाग्नु भएको नेपाली काँग्रेस धादिङले शनिबार एक सुचना जारी गरी जानकारी दिएको छ ।












प्रतिक्रिया दिनुहोस