आज: २०८३ मंसिर ६, आईतबार | Sun, 22, Nov, 2026

एनपीएलको तेस्रो संस्करणको दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी र रिजनले पाए कार

२०८३ मंसिर ६, आईतबार मा प्रकाशित ( १ मिनेट अघि) १  पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -६ मंसिर ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले हात पारेको छ।

फाइनल खेलमा यसअघिका विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गरी सुदूरपश्चिम तेस्रो संस्करणमा च्याम्पियन बनेको हो। जर्ज मन्से फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए भने उनले सुदूरपश्चिमलाई ऐतिहासिक रुपमा विजयी बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

त्यस्तै उक्त प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गने सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका छन्। कप्तान सिंहले प्रतियोगिता अवधिभर तीन अर्धशतकसहित २१८ रन बनाउँदै ६ विकेटसमेत लिएका हुन्। उत्कृष्ट प्रदर्शन गरे बापत उनले नगद पाँच लाख रुपैयाँ पुरस्कार पनि प्राप्त गरेका छन्।

प्रतियोगितामा चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन्। उनले सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा एन्ड जाएको कार उपहार पाएका छन्। यसैगरी, सर्वाधिक १७ विकेट लिएका रिजन उत्कृष्ट बलर बने पल्सर मोटरसाइकल प्राप्त गरे। चितवन राइनोज भने प्लेअफमा पुगेर फाइनलमा भने पुग्न नसकेर तेस्रो स्थान भयो ।

यसैगरी, विधागत पुरस्कार प्राप्त गर्नेमा विराटनगर किंग्सका लोकेश बम सर्वोत्कृष्ट ब्याटर घोषित भई २४२ रन बनाएर पल्सर मोटरसाइकल प्राप्त गरेका छन्। जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले इमर्जिङ प्लेअरको अवार्ड जित्दै पल्सर मोटरसाइकल पाएका छन् ।

साथै चितवन राइनोजका श्रीलंकन ब्याटर कमिल मिशारा रेड बुल इनर्जेटिक प्लेयर घोषित भई नगद दुई लाख पुरस्कार प्राप्त गरे। उपविजेता लुम्बिनी लायन्सले भने स्प्रिट अफ क्रिकेटको अवार्ड पाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑