
बिबियु,नारी वाटिका डट्कम
धादिङ -९ मंसिर ।
साउदी अरबको राजधानी रियादमा भएको पछिल्लो आक्रमणमा परी तीनजना नेपाली नागरिक घाइते भएका छन्।
साउदी अरबको नागरिक सुरक्षा निकायले दिएको जानकारी अनुसार मंगलबार किङ अब्दुल्लाह वित्तीय जिल्लामा रहेको अग्लो भवनमा लक्षित गरीएको आक्रमण तिनजना नेपाली श्रमिकहरु घाइते भएका हुन् ।
साउदीको सिभिल डिफेन्सले विज्ञप्ति जारी गर्दै उक्त आक्रमण हुथी विद्रोही समूहले गरेको जनाएको छ। घटनामा तीन नेपालीसहित चार इजिप्ट, दुई भारतीय र दुई साउदी नागरिक घाइते भएका छन्।
घाइते नेपालीहरूको पुरा परिचय र कार्यरत कम्पनी तथा उनीहरूको स्वास्थ्य अवस्थाबारे आधिकारिक विवरण सार्वजनिक गरिएको छैन। यसअघि पनि हुथीको आक्रमणमा परि रियादमा एकजना नेपालीको मृत्यु भएको थियो।
यसैगरी, यसअघि पनि साउदी अरबमा पटक पटक आक्रमणका घटना भइरहेको अवस्थामा त्यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षामा जोखिम बनेको छ। यस्था सम्भावित जोखिमको अवस्थालाई












प्रतिक्रिया दिनुहोस