आज: २०८३ मंसिर ९, बुधबार | Wed, 25, Nov, 2026

पूर्व आईजीपी दानवहादुर कार्कीको रिटमा आज सुनुवाइ हुँदै

२०८३ मंसिर ९, बुधबार मा प्रकाशित ( २ मिनेट अघि) १२५ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
धादिङ- ९ मंसिर ।

समयवधी सकिनु अघि पदबाट हटाइएका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। कार्कीको रिट निवेदनमाथी सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा आज बुधबारको लागी पेसी तोकिएको हो।

कार्कीको रिटमा मंसिर ७ गते शोमबारको लागी सुनुवाइको मिति तोकिएको भए पनि नवनियुक्त आईजीपी केसीले म्याद बुझेको प्रमाण अदालतमा पेस नहुंदा सुनुवाइ स्थगित भएर आज बुधबारको लागी सारिएको थियो ।

पुर्व आईजीपी कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत समयवधी अगावै पदबाट हटाइएकोले नवनियुक्त आईजीपी केसीलाई कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशसमेत माग राखी आफुलाई पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

सोही रिटमा न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई पदबाट हटाउनुको कारणसमेत पेस गर्न सरकारका नाममा आदेश जारी गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑