
बिबियु,नारी वाटिका डट्कम
धादिङ -१० मंसिर ।
निर्वाचन आयोगले नेपाली कांग्रेसको नयाँ कार्यसमितिलाई आधिकारिकता दिएको छ। गगनकुमार थापाको नेतृत्व गत असोजमा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आयोगले अद्यावधिक गरी आधिकारिता पर्दान गरेको हो।
काँग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित २३१ सदस्यीय नयाँ कार्यसमितिको विवरण गत कात्तिक १६ मा आयोगमा बुझाएको थियो। उक्त विवरण अनुसारको पदाधिकारीहरूको नामावली, संशोधित विधान, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज र महत्त्वपूर्ण निर्णयहरूलाई आधिकारिकता दिएको छ ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ को उपदफा ३ ले व्यवस्था गरे अनुरुप पदाधिकारी हेरफेर भएमा आयोगले दल दर्ता किताबमा व्यवस्थापन अद्यावधिक गर्नुपर्ने कानुनी व्यवस्था अनुसार नै अध्यावधिक गरेको हो ।
साथै, निर्वाचित केन्द्रीय समिति र प्रदेश समितिको विवरण निर्वाचन भएको एक महिनाभित्र आयोगलाई उपलब्ध गराउनुपर्ने प्रावधान रहेको छ । कांग्रेसले पेश गरेको कागजात र संशोधित विधानलाई लामो समय अध्ययन गरेर मात्रै बुधबार अद्यावधिक गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उता सर्वोच्च अदालतमा भने नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद अझै विचाराधीन अवस्थामा नै छ। पार्टीभित्रको आन्तरिक विवादका कारण कांग्रेस दुई धारमा विभाजित देखिएको छ।
एकातर्फ गगन थापाको नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गरी निर्वाचन आयोगबाट आधिकारिक पार्टी भइसकेको छ भने अर्का तिर पुर्व सभापति शेरबहादुर देउवा पक्षले पनि छुट्टै महाधिवेशन गर्दै आएका छन् ।
काँग्रेस पार्टीको आधिकारिकता सम्बन्धी विवाद पुनः अदालतमा विचाराधीन अवस्थामा छ। अदालतमा मुद्दा विचाराधीन रहेकै बेला आयोगले थापा नेतृत्वको कार्यसमितिलाई अद्यावधिक गरेसंगै राजनीतिक वृत्तमा नयाँ चर्चा सूरु भएको हो।












प्रतिक्रिया दिनुहोस