आज: २०८३ आश्विन ६, मंगलबार | Tue, 22, Sep, 2026

अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्तामा विशेष लोहनी

२०७८ मंसिर १४, मंगलबार मा प्रकाशित ( ४ साल अघि) ६९४१ पटक पढिएको
नारी बाटिका


धादिङ,१४ मंसिर ।
अन्तर्राष्ट्रिय धादिङ समाजको प्रवक्तामा बेनिघाट रोराङ गाउँपालिका छापडाँडा स्थायी घर भई विगत १४ वर्ष देखि फिनल्याण्ड बस्दै आएका विशेष लोहनी चयन हुनु भएको छ ।‘हाम्रो धादिङ, राम्रो धादिङ,’ ‘सम्पूर्ण प्रवासी धादिङेलीको अभियान, शान्त र समृद्ध हाम्रो पहिचान’ को मूल लक्ष्यसहित स्थापित धादिङ समाजको प्रवक्तामा लोहनीलाई चयन गरिएको हो ।
अन्तराष्ट्रिय धादिङ समाज धादिङबाट विभिन्न पेशा तथा व्यावसायको लागि विश्वभर छरीएर रहेका नेपालीहरुको साझा संगठन हो ।समाजले धादिङमा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस