आज:  | Mon, 20, Jan, 2025

आज नेवार समुदायले योमरी पुन्ही मनाउदै

४ पुष २०७८, आईतवार ०३:५६ मा प्रकाशित ( ३ साल अघि) १३६७ पटक पढिएको
नारी बाटिका


धादिङ ।
आज नेवारी समुदायले योमरी पुन्ही मनाउदै छन् । मङ्सिर शुक्ल पूर्णिमाका दिन काठमाडौँ उपत्यका र उपत्यकाबाट अन्यत्र बसाइँ सरेका नेवार समुदायका नागरिकले योमरी पुन्ही मनाउदै आएका छन् ।
नयाँ चामलको पीठोभित्र चाकु बफ्याएर बनाइने मौलिक शैलीको मिठाई योमरी खाने दिनका रूपमा लिइन्छ । मिठाई खाने दिन भएकोले यो पूर्णिमालाई योमरी पूर्णिमा पनि भनिन्छ, मरी भनेको नेवारीमा मिठाई हो । महर्जन, प्रजापति, सिंह, सुवाल, मुनिकार, सुवाल, अवालेलगायतका थर ज्यापू समुदायमा पर्छन् । ज्यापूबाहेक सबै नेवार समुदायले घरघरमा योमरी बनाएर चेलीलाई भोजनका लागि निमन्त्रणा गर्ने परम्परा रहिआएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस