आज:  | Mon, 20, Jan, 2025

धादिङबेशी स्थित नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस सभाको तेस्रो बैठक सम्पन्न

१९ पुष २०७८, सोमबार १०:०२ मा प्रकाशित ( ३ साल अघि) १९४६ पटक पढिएको
नारी बाटिका


धादिङ ।
बागमती प्रदेशका सबै पालिकाका १÷१ जना दलित तथा लोपोन्मुख जातिका विद्यार्थीहरुको प्राविधिक शिक्षामा सहयोग गर्ने बागमति प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताउनुभएको छ । आइतबार धादिङबेशीमा सम्पन्न नीलकण्ठ बहुमुखी क्याम्पसको क्याम्पस सभाको तेस्रो बैठकमा बोल्दै पाण्डेले सो कुरा बताउनु भएको हो ।
यस्तै सदरमुकाम धादिङबेशी स्थित नीलकण्ठ बहुमुखी क्याम्पसको निर्माण अधुरो रहेको भवन सम्पन्न गर्न प्रदेश सरकारसँग समन्वय गर्ने र अबको ६ महिना भित्रमा निर्माण सम्पन्न गर्ने प्रतिवद्धता समेत जनाउनुभएको हो । साथै वाग्मती प्रदेशभित्रका १ सय १९ पालिकामै काम गर्न सक्ने जनशक्ति तयार गर्न सबै पालिकाका दलित तथा लोपन्मुख जातीका विद्यार्थीहरुलाई तीन वर्षे प्राविधिक शिक्षामा सहयोग गर्ने बताउनुभएको हो ।

समुदायमा अझै पनि धेरै छोरीहरु पारिवारिक आर्थिक अवस्था कमजोरी कारण उच्च शिक्षा हासिल गर्न नपाएको बताउदै मुख्य मन्त्री पाण्डेले त्यस्ता विद्यार्थीहरुको निम्ति प्रदेश सरकारले धादिङको १३ वटै पालिकाको सामुदायिक कलेजबाट एसइई उर्तिण गरेका छोरीहरुको लागि छात्रवृति दिने निर्णय गरेको बताउनु भएको भयो ।
प्रदेशले उच्च शिक्षा सम्बन्धी विधेयक संसदमा प्रतिवेदन सहित प्रस्तुत गरेको र केहि दिनभित्रै त्यसको निर्णय हुने बताउनु भयो । प्रदेश सरकारले शिक्षा र स्वास्थ्यलाई विशेष जोड दिएको र जिल्ला अस्पताल धादिङमा निकट भविष्यमा नै डाईलसिस सेवा सुरु गर्नेे बताउनु भयो ।

यसैगरी नीलकण्ठ बहुमुखी क्याम्पस सभाको तेस्रो बैठक पनि आईतबार नै सम्पन्न भएको छ । उक्त बैठकमा त्रिभुवन विश्वविद्यालय अन्र्तगत विएड प्रथम वर्षको परिक्षामा नेपालकै उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।साथै क्याम्पसले उत्कृष्ट काम गर्ने कर्मचारी तथा शिक्षकलाई पनि सम्मान गरेको हो । क्याम्पससंचालक समितिका अध्यक्ष सम्भु कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको सभामा क्याम्पसको निति तथा बजे पनि पारित गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस