
बिबियु,नारी वाटिका डट्कम
धादिङं -२७ असोज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन गर्ने भएको छ।
सांसद सुनुवारमाथी हालै सञ्चारमाध्यममा सार्वजनिक भएका गम्भीर आरोपबारे पार्टीले छानबिन अघि बढाएको र सो को निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको हो ।
रास्वपाले मंगलबार जारी गरेको विज्ञप्तिमार्फत साँसद सुनारसँग सम्बन्धित समाचार,उनीमाथी उठेका प्रश्न तथा सार्वजनिक भएका श्रव्य सामग्रीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शङ्कास्पद आर्थिक लेनदेनसम्बन्धी विषयलाई गम्भीर र संवेदनशील रूपमा लिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सुनारले सम्वन्धित पिडितसंग बोलेको अडियो सार्वजनिक भएपछि उनीमाथि विभिन्न प्रश्न उठ्नुका साथै उक्त अडियोमा एक महिलालाई धम्की दिएको तथा आर्थिक लेनदेनसँग सम्बन्धित विषय रहेको सामग्री सार्वजनिक भएको छ। यद्यपि, यी विषयमा आधिकारिक अनुसन्धानबाट निष्कर्ष आउन भने बाँकी नै छ।
रास्वपाले पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिएको र सत्यतथ्य पत्ता लगाउन पार्टीले तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन लागिएको जनाएको छ।
उनीमाथी सुरु भएको अनुसन्धान प्रक्रिया प्रभावित हुन नदिन छानबिन टुङ्गो नलागेसम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ।












प्रतिक्रिया दिनुहोस