आज:  | Mon, 20, May, 2024

बजाजको टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर संचालनमा

२३ माघ २०७८, आईतवार १८:३५ मा प्रकाशित ( २ साल अघि) ४२४ पाठक संख्या
नारी बाटिका


धादिङ ।
नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तरगत टोखा र ग्रीनल्याण्डमा नयाँ सर्भिसिङ सेन्टर संचालनमा ल्याएको छ । बिगत १५ बर्ष देखि निरन्तर सेवा दिदै आएको ब्रदर अटो प्रा. लि ले सम्पूर्ण सुविधा सम्पन्न नयाँ आउट लेट सेल तथा सर्भिसिङ सेन्टर टोखा र ग्रीनल्याण्डमा नयाँ भाट्भटेनी सगै बजाज मोटरसाइकल कजयधचययm तथा सर्भिस सेन्टर’ संचालनमा ल्याएको छ।

नेपालमा सबभैन्दा अधिक बिक्री हुने अटोमोबाइल ब्रान्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स ,सर्भिस र स्पेयर्स पार्टस देशभर उपलब्ध गराउने उद्देश्यले टोखा र ग्रीनल्याण्डमा आउट लेट संचालनमा ल्याएको हो । मोटरसाइकल सर्भिसिङमा १५ बर्ष देखि राम्रो अनुभव भएका दक्ष प्राविधिकहरूबाट सर्भिसिङ गराइने ब्रदर अटो टोखाका सन्चालक दिलिप आचार्यले बताउनुभयो । सेन्टरमा जम्मा ६० मिनेट भित्रमा सर्भिसिङको काम सकिने सर्भिस मेनेजर सुमन श्रेष्ठले जानकारी दिनुभयो ।
एक दिनमा २० ओटाभन्दा बढी बाइकहरू सर्भिसिङ गर्न सक्ने क्षमता भएको यस सेन्टरमा ग्राहकहरूको सुविधाको लागि प्रतिक्षालयकने समेत सुविधा रहेको छ । नयाँआउट लेट सर्भिसिङ सेन्टरले ग्राहकहरूलाई बाइक खरिद स्पेयर्स पार्टस् तथा एक्ससरिजका लागि समेत सहज बनाउने कम्पनीले दबी गरेको छ ।
उक्त उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ब्रोदर अटोका संचालक बिनोद चौलागाईंले टोखा आउट लेट मा सेवा लिन आउने ग्राहकहरूलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी रहेको बताउनु भयो । साथै नयाँ सर्भिस सेन्टरले ग्राहकहरूलाई थप सहज बनाउने कुरा प्रति आफु विश्वस्त रहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस