आज: २०८३ कार्तिक २, आईतबार | Sun, 18, Oct, 2026

नवरात्रको आठौँ दिन (महाअष्टमी)आज महागौरीको पुजा गरिँदै

२०८३ कार्तिक २, आईतबार मा प्रकाशित ( १ घण्टा अघि) ५५९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम
धादिङ -१ कार्तिक ।

नेपालीहरूको महान् चाड बडादशैं अन्तर्रगत नवरात्रको आठौँ दिन आज (महाअष्टमी) मा महागौरी देवीको विधिपुर्वक पूजा गरिन्छ। नेपालीहरुको घरघरमा र देशका विभिन्न स्थानमा अवस्थित देवीका शक्तिपीठहरूमा महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ।

यसैगरी, भोली मंगलबारका दिन सिद्धिदात्री देवीको पूजा आरधना गरीसकेपछी बडादशैंको नवरात्रको नवौँ दुर्गाका शक्तिपीठहरुको पुजा सकिएपनि बुधबार विजयादशमीका दिन नवदुर्गा देवीको पुजा गरी जमरा र टिका लगाएसंगै यस देविका मुर्तिलाई बाजागाजाका साथ नदीमा लगेर विसर्जन गरिन्छ ।

शक्ति स्वरूपा महागौरीको वर्ण गोरो, सेतो वस्त्र र श्वेत वृषभ ργहा मा सवार रहने स्वरूपकी हुनु हुन्छ। उहाँले शान्ति, पवित्रता र कल्याण प्रदान गर्ने धार्मिक विश्वास छ ।

विशेषगरी, आजको दिन दशैँघर तथा पूजाकोठामा दुर्गा सप्तशती (चण्डी) पाठ, बलिसहितका पूजा (पशुबलि वा काँक्रो, घिरौँला, कुभिण्डो आदिको बलि) तथा कन्या पूजा तथा (ककन्यां गर्ने परम्परा रही आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑