धादिङ ।
धादिङमा आज ९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । शनिबार जिल्लामा कोरोना परिक्षण नभएको हुँदा नयाँ संक्रमित नथपिएकोे स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।
जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ३७ जना रहेका छन् । संक्रमित मध्ये ३६ जना होम आइसोलेसनमा र १ जना धादिङ अस्पताल आइसोलेसनमा रहेका छन् ।
जिल्लामा अहिलेसम्म संक्रमित हुनेको सङ्ख्या १० हजार ४ सय ८१ पुगेको छ ।












प्रतिक्रिया दिनुहोस