आज:  | Wed, 15, May, 2024

आज संसदमा एमसीसी टेबल गर्ने सरकारको तयारी

८ फाल्गुन २०७८, आईतवार ०९:५६ मा प्रकाशित ( २ साल अघि) ४३८ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं –अमेरिकी सहयोग परियोजना एमसीसीको बारेमा सहमति जुटे आजै संसद बैठकमा टेबल गर्ने सरकारको तयारी छ ।

संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको भए पनि सङ्घीय संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा एमसीसी टेबल गर्ने उल्लेख छैन ।

बिहान साढे ११ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकपछि कार्यसूचीलाई अन्तिम रूप दिने तयारी सभामुख अग्निप्रसाद सापकोटाले गर्नुभएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकअघि सरकारमा रहेका दलहरूको बैठक बिहान १० बजे बालुवाटारमा बस्दैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस